‘गाउँघरमा चिकित्सक’ कार्यक्रम « Khabarhub

‘गाउँघरमा चिकित्सक’ कार्यक्रम


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम बैतडीमा फेरि सञ्चालनमा आएको छ ।

निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, ‘प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।’ तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरणलगायतका सेवा प्रदान गरिँदै आएका छन् ।  ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए ।

चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृतरुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन भइरहेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : ३३ बजे

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि