फिल्मी गीत, जो वर्षौंदेखि श्रोतालाई नचाउँदैछन् | Khabarhub Khabarhub

फिल्मी गीत, जो वर्षौंदेखि श्रोतालाई नचाउँदैछन्


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँमा फिल्म ‘मुग्लान’ को ‘कोदो फूल्यो बारीमा…’ होस् कि तिहारमा फिल्म ‘स्वर्ग’ को ‘तिहारै आयो लौ झिलीमिली…’ वा ‘चिनो’ को ‘दियो बाली साँझको…’ र ‘विजय पराजय’ को ‘निधारमा लर्काएर सप्तरंगी टीका…’ नै किन नहोस्, यी फिल्मी गीत वर्षौंदेखि एक श्रोताहरुका कानमा गुन्जिएका छन् ।

तीजका बेलामा फिल्म ‘कन्यादान’ को ‘तिजको रहर आयो बरिलै…’ नेपाली दिदीबहिनीको जिभ्रोमै भुन्डिएको छ । यी सबैजसो गीजतमा दिल खोलेर नाँच्ने जमात सानो छैन । के जात, के धर्म, के संस्कृति अनि सबै वर्ग, उमेर र समूहका मानिसलाई यी गीतले नचाउँछन् ।

तपाईंले फिल्म ‘बलिदान’ हेर्नुभएको छ भने यो फिल्मको गीत ‘गाउँ गाउँबाट उठ’ गीत अवश्य हेर्नु र सुन्नु भएको होला । ‘बलिदान’ बन्नु अघि नै यो गीत तयार भएको हो । अहिले पनि हरेक चुनाव र आन्दोलनमा बजेकै हुन्छ ।

यो गीत सुन्दा आम श्रोतालाई झैँ ‘बलिदान’ का प्रमुख अभिनेता हरिवंश आचार्यलाई अहिले पनि उत्तिकै जोस जाग्छ । ‘मलाई लाग्छ बलिदानको यो गीतपछि नेपाली फिल्ममा यति स्ट्रङ गीत बनेनन् । कथा अनुसार गीत मिल्ने भएपछि गीतका स्रष्टा रामेश, रायनकै अनुमतिमा फिल्ममा राख्यौं’, उनी भन्छन्, ‘अहिले पनि यो गीत सुन्दा फिल्म सुटिङको समय र त्यो वातावरणको याद आउँछ ।’

हरिवंश जस्तै नेपालका केही कलाकारहरू आफूले अभिनय गरेका गीतहरू सम्झेर नोस्टाल्जिक बन्छन् । अभिनेता सरोज खनालले आफ्नो मोबाइलमा फिल्म ‘कसम’ को ‘वनमा फूल्यो फूल..’, ‘सारंगी…’ को ‘मैले गीत छोडी आएँ…’ राखेका छन् ।

‘माघको चिसो मौसममा थानकोटमा ‘वनमा फूल्यो फूल…’ खिचेका थियौँ । कोरियोग्राफर वसन्तजंग रायमाझीको कडा स्वभावका कारण एकै रातमा सुटिङ सकेका थियौँ’, सरोज सम्झन्छन् ।

सरोजका अनुसार ‘मैले गीत छोडी आएँ…’ सुटिङ गर्दा उनकी आमाको निधन भएको समय थियो । भदौको गर्मीमा उनले भैरहवामा विक अर्थात नक्कली कपाल लगाएर अभिनय गरेका थिए । हलभित्र गरिएको सुटिङ सरोजका लागि यति सकसपूर्ण भयो कि गर्मी र अधिक लाइटको प्रयोगले उनले लगाएको सूट पूरै भिजेको थियो ।

त्यसो त सरोजलाई फिल्म ‘अरुणिमा’ को पनि याद नआउने होइन । उनका अनुसार पाटनको कृष्ण मन्दिरमा सुटिङ हुँदा झन्डै पाँच हजार मान्छे भेला भएका थिए । केही दर्शकले त उनको नजर आफूतिर परोस् भनेर उनलाई चिमोटेछन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई चिनाउने गीत फिल्म ‘गाउँले’ को ‘गोली सिसाको…’ हो भन्दा फरक नपर्ला । उनलाई त्यो समयमा फिल्ममा नाँच्दा वसन्तजंग रायमाझी, शान्ता नेपालीजस्ता कोरियोग्राफरले ‘डान्स कुमारी’ भनेर पैसा नै दिँदारहेछन् । दीपाश्री भन्छिन्, ‘म चाहिँ त्यो पैसा प्राविधिक दाइहरूलाई दिन्थेँ ।’

पछिल्लो समयमा सर्वसाधारणले फिल्म ‘वडा नम्बर छ’ को गीत ‘सुर्के थैली खै…’ अत्यधिक रुचाएका छन् । दीपाका अनुसार आर्थिक अभाव भएपछि यो गीत एक लाख रुपैँयाँको बजेटमै खिचिएको थियो ।

फिल्म ‘ए मेरो हजुर’ को गीत ‘फूलको थुँगा हौ कि…’, ‘मुग्लान’ को ‘आज बाह्र हाते पटुकी…’, ‘तकदिर’ को ‘मै मोरीलाई लिन परदेशी आउछ रे…’ र ‘धर्मसंकट’ को ‘लुकिछिपी लुकिछिपी हेर्नेलाई…’ पनि श्रोता र दर्शकले मन पराउने गीत हुन् । दीपा सम्झन्छिन्, ‘फूलको थुँगा हौ कि… छायांकनको लागि हामी पहिलोपटक मुस्ताङ पुगेका थियौँ ।’

झरना थापाका अनुसार ‘फिल्म ‘मुग्लान’ को ‘आज बाह्र हाते पटुकी…’ भारतको गोवास्थित समुद्री किनारमा छायांकन गरिएको थियो । यो गीत छायांकन गर्दा चट्टानमा चिप्लिएर उनको खुट्टामा चोट लागेको थियो । उनले औषधि खाएर गीतको सुटिङ पूरा गरिन् । नेपाल फर्किएर ६ महिना आराम गर्नुपरेको थियो ।

‘मलाई नेपाली माया चाहिन्छ…’ गीतमा झरनाले २२ जोडी लुगा फेरेकी थिइन् । त्यो बेला मिडियामा ‘२२ जोर लुगा फेर्ने नायिका’ भनेर समाचार नै आएको थियो ।

अभिनेता निखिल उप्रेती आफूले अहिलेसम्म कुन कुन फिल्मका गीतमा नृत्य गरेँ भन्ने सम्झना नभए पनि त्यो समयले भने आफूलाई नोस्टाल्जिक बनाउने गरेको बताउँछन् । आफूले नाँचेका गीत सुपरहिट नभए पनि त्यो वातावरणमा सुटिङ गर्दाको क्षण भने सम्झनायोग्य रहेको उनको भनाइ छ ।

अभिनेत्री रेखा थापालाई चाहिँ आफ्नो गीत भन्दा अरूको गीत मन पर्दोरहेछ । उनले अभिनय गरेका ‘सिम्पल सिम्पल कान्छी…’, ‘स्लोली…’ लगायतका गीतमा अहिले पनि सबै उमेरका श्रोता नाचिरहेका छन् । ‘मलाई आफ्नो गीतभन्दा पनि अरूका फिल्मका गीत असाध्यै मनपर्छन् । ती गीत सुनेपछि त्यस्तै गीत कसरी बनाउन सकिन्छ भनेर सोच्ने गर्दछु,’ उनी भन्छिन् ।

नेपाली फिल्मका यी गीतहरूले श्रोताको मन जितेका छन् । श्रोतालाई नचाएका छन् र कालजयी बनेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : ५८ बजे

मसलाबाली खेती गर्ने किसानलाई अनुदान

म्याग्दी– फलफूल, तरकारी, खाद्य र मसलाबाली खेती गरेका किसानलाई गण्डकी

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको