मोटरसाइकल व्यवसायी ज्योतिले संचालनमा ल्याए ‘एसजे मोटो’ म्यूजियम « Khabarhub

मोटरसाइकल व्यवसायी ज्योतिले संचालनमा ल्याए ‘एसजे मोटो’ म्यूजियम


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरटसाइकल व्यवसायी शौरभ ज्योतिले ‘एसजे माटो’ नामक मोटरसाइकल म्युजियम सञ्चालनमा ल्याएका छन् ।

लामो समयदेखि मोटरसाइकल व्यवसायमा संलग्न ज्योतिले ल्याएको ‘एसजे माटो’ नेपालकै पहिलो मोटरसाइकल म्युजियम हो ।

उक्त म्यूजियममा नेपालमा सुरुवाती दिनमा आएका मोटरसाइकलदेखि पछिल्लो समय विश्व बजारमा चलेका ब्राण्डेट मोटरसाइकलसम्म राखिएको सञ्चालक ज्योतिले बताए ।

म्यूजियमको उद्घाटन गर्दै ज्योतिले भने, ‘म्यूजिएम खोल्ने मेरो पहिले देखिकै सपना थियो जुन आज पुरा भएको छ ।’

‘सबै साथी, परिवार र शुभचिन्तकहरुको माया र साथ सहयोगले नै आज मेरो सपना पुरा भएको छ,’ उनले भने ।

अब नेपालका नयाँ तथा पुराना मोडलका मोटरसाइकलहरु हेर्नबाट कोही बन्जित हुनु नपर्ने बताउँदै ज्योतिले भने, ‘म्युजियमा बजारमा पाइने नयाँ र पुरानो मोडलका मोटरसाइकल राखिएको छ । जसलाई आम सर्वसाधारणले पनि हेर्न पाउने छन् ।’

ज्योतिले म्यूजियममा कफी सपसमेत सञ्चालनमा ल्याएका छन् । आफ्नै उत्पादनलाई जोड दिनुपर्छ भन्ने सोचले म्यूजियमा कफीसप सञ्चालनमा ल्याएको उनले बताए ।

कसैले आफुसँग भएको पुरानो मोटरसाइकल म्यूजियमा राख्न चाहेको खण्डमा उक्त व्यक्तिको नाम लेखेर राख्न सकिने पनि ज्योतिले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १ : २३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै