जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल « Khabarhub

जनता कसको पक्षमा भन्ने कुरा लुम्बिनीका जनताले देखाइदिए – मुख्यमन्त्री पोखरेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता कसको पक्षमा भन्ने देखाइदिएको बताएका छन् ।

आज बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्।

उनले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरे।

उनले भने, ‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो । लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्याद समेत दिए। उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको दावी गरेका हुन्।

उनले लुम्बिनीले राष्ट्रलाई सन्देश दिँदै आएको बताउँदै लुम्बिनीले विकास र एकताको सन्देश दिएको बताए।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ३ : ३८ बजे

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य