दार्चुलामा पर्खाल भत्किँदा २ जनाको मृत्यु « Khabarhub

दार्चुलामा पर्खाल भत्किँदा २ जनाको मृत्यु


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ।

मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधीन पर्खाल भत्किंदा २ जना कामदारको ज्यान भएको गौरी शंकर आधारभुत विद्यालयका शिक्षक भगत सिंह धामीले बताए।

उनका अनुसार भिरमा पर्खाल निर्माण गरिरहेको बेला एक्कासी पर्खाल भत्किंदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ वर्षीय बल्देव महरा र अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० वर्षीया गोमती धामी रहेको बताए।

घट्नाको थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया