पार्टीभित्र बदनाम गर्नेहरु अहिले सडकमा 'डम्फू' बजाइरहेका छन् : ओली | Khabarhub Khabarhub

पार्टीभित्र बदनाम गर्नेहरु अहिले सडकमा ‘डम्फू’ बजाइरहेका छन् : ओली


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बदनाम गर्नेहरु अहिले सडमा कुर्लिरहेको आरोप लगाएका छन् ।

बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन ।

‘अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशिल भएको छ, देश बनाउने संकल्पसहित अघि बढेको छ, सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन, कठैबरा भन्नुपर्ने गएका छैनन, पार्टीको बदनाम गर्नेहरु, मुलुकको समृद्धि नचाहानेहरु मात्रै बाहिरिएका हुन् । उनीहरु अहिले सडकमा डम्फू बजाइरहेका छन् ।’

उनले नेपालभरीको होइन लुम्बिनी प्रदेशका मात्र मानिसको उपस्थितिलाई लिएर गौरव गरे ।

उनले देशमा आन्दोलन विभाजित भएका बेला, कुनै पनि पार्टी क्रियाशील हुन नसकिरहेको बेला आफूले एकता र एकीकरणको अभियान शुरु गरेको बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रलाई मिलाउने आफूले अगुवाई गरेको भए पनि केही मानिसले देश बनाउने नभइ आफू बन्ने उद्देश्य नछोड्दा यो अवस्था सिर्जना भएको बताए ।

उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए ।

उनले पार्टी नफुटेको समेत बताए ।  यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए ।

‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व्यवस्था खोजेको ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले सरकार ढाल्ने काम आफ्नै पार्टी भित्र भएको बताए ।

सामाजिक परिवर्तन, समृद्धि, सुशासन कसरी ल्याउन सकिन्छ भन्ने बाटोलाई समातेर अघि बढिरहेको बेला सरकार ढाल्ने प्रयत्नमा ‘दोहाल–नेपाल’समूह लागेको समेत आरोप लगाए ।

उनले भने, ‘एकैचोटी प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने आवाज आयो । देश बनाउने कुरा उनीहरुसँग छैन, अध्यक्षबाट छोड्नुपर्‍यो भन्ने अर्को आवाज उठाए ।’

उनले नक्सा पारित गरेपछि उनीहरु आत्तिएको समेत आरोप लगाए । अरुले हिम्मत र आलोचना गरेका थिएनन् तर आफ्नै पार्टीबाट बिग्रहको आवाज उठाउने काम उनीहरुबाटै भएको समेत बताए ।

उनले उहाँहरु हटेसँगै आयोगहरु बनेको बताउँदै तगारो को रहेछ भन्ने प्रमाणित भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले अहिले पार्टी गतिशील भएको बताए ।

‘गएको तीन वर्षमा हामीले कहिल्यै यस्तो आमसभा गर्न सकेका थिएनौं,’ उनले भने, ‘हिजो पार्टी भित्र त्यही कुरा भन्थ्ये, अहिले सडकबाट उही कुरा गरिरहेका छन् ।’

उनले अहिले पार्टी एउटै विचारमा अनुशासित भएर गतिशील भएको बताए । देश बनाउने संकल्पसहित पार्टी अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अब हामी निरास हुनुपर्ने अवस्था छैन ।’

सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको समेत उनले बताए । ओलीले भने, ‘हामीले असाधरण विकास गरेका कारण उनीहरु छट्पटाइरहेका छन् ।’

उनले संविधानसम्मत संसद विघटन गरेको समेत बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ४ : २५ बजे

परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर