सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्।

उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए ।

प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिए ।

उनले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाए ।

हेरौँ भिडियो

उनले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताए ।

“कर तिर्नुस् नाफा कमाउनुस्”, उहाँले भन्नुभयो, “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।”

प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने बताए ।

उनले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबीचमा लुम्बिनी केवलकार ‘रोलमोडल’ बन्न सक्ने र यसले आफ्नो लक्षित प्रतिफल छिट्टै नै प्राप्त गर्ने विश्वास दिलाएका थिए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : १२ बजे

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका