यसरी मनायो वैद्य माओवादीले जनयुद्ध दिवस (फोटोफिचर) « Khabarhub

यसरी मनायो वैद्य माओवादीले जनयुद्ध दिवस (फोटोफिचर)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा देशका विभिन्न स्थानमा ‘रातो मार्चपास’ गरेको छ ।

पोखराको अम्मर चोकबाट शुरू भएको मार्चपास पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज चन्द्रहरि सुवेदी अटलले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै संसारको जुनसुकै परिवर्तन हिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको बताए।

पार्टी प्रदेश सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन पार्टी केन्द्रीय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको थियो ।

यसैगरी बर्दिया र बाँकेको संयुक्त आयोजनामा जनयुद्ध दिवस मनाइएको छ ।

नेपालगन्जको वाटरपार्कबाट शुरू भएको मार्चपास न्यूरोड हुँदै त्रिभुवन चोकमा पुगेर जनसभा गरेको थियो ।

उक्त जनसभालाई सम्बोद्धन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य केबि गुरुङले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै वर्तमान सत्ता र व्यवस्थाबाट नेपाली जनता सुखि र समृद्ध हुन नसक्ने बताए ।

साथै अबको बाटो भनेको जनताको जनविद्रोहद्वारा दलाल संसदीय प्रतिक्रिया व्यवस्थाको खारेजी र त्यसको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गर्दै बैज्ञानिक समाजवाद र साम्यवाद भएको उनले बताए ।

जनसभालाई सम्बोधन गर्दै पार्टीका पीबीएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले गद्दार गरेर धोका दिदैमा क्रान्ति नरोकिने जिकिर गरे ।

मुलुकमा वर्तमान राजनैतिक संकट आउनुमा संसदीय व्यवस्थाकै असफलता भएको उल्लेख गरे ।

रातो मार्चपास तथा जनसभा कार्यक्रममा बाँके र बर्दियाका नेता एवम् कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ४७ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य