यसरी मनायो वैद्य माओवादीले जनयुद्ध दिवस (फोटोफिचर) « Khabarhub

यसरी मनायो वैद्य माओवादीले जनयुद्ध दिवस (फोटोफिचर)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवसको अवसरमा देशका विभिन्न स्थानमा ‘रातो मार्चपास’ गरेको छ ।

पोखराको अम्मर चोकबाट शुरू भएको मार्चपास पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज चन्द्रहरि सुवेदी अटलले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै संसारको जुनसुकै परिवर्तन हिंसात्मक आन्दोलनबाट मात्र सम्भव भएको बताए।

पार्टी प्रदेश सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कोणसभाको सञ्चालन पार्टी केन्द्रीय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको थियो ।

यसैगरी बर्दिया र बाँकेको संयुक्त आयोजनामा जनयुद्ध दिवस मनाइएको छ ।

नेपालगन्जको वाटरपार्कबाट शुरू भएको मार्चपास न्यूरोड हुँदै त्रिभुवन चोकमा पुगेर जनसभा गरेको थियो ।

उक्त जनसभालाई सम्बोद्धन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य केबि गुरुङले जनयुद्ध दिवसको महत्व बारे चर्चा गर्दै वर्तमान सत्ता र व्यवस्थाबाट नेपाली जनता सुखि र समृद्ध हुन नसक्ने बताए ।

साथै अबको बाटो भनेको जनताको जनविद्रोहद्वारा दलाल संसदीय प्रतिक्रिया व्यवस्थाको खारेजी र त्यसको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गर्दै बैज्ञानिक समाजवाद र साम्यवाद भएको उनले बताए ।

जनसभालाई सम्बोधन गर्दै पार्टीका पीबीएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामले गद्दार गरेर धोका दिदैमा क्रान्ति नरोकिने जिकिर गरे ।

मुलुकमा वर्तमान राजनैतिक संकट आउनुमा संसदीय व्यवस्थाकै असफलता भएको उल्लेख गरे ।

रातो मार्चपास तथा जनसभा कार्यक्रममा बाँके र बर्दियाका नेता एवम् कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ४७ बजे

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय