किन चर्चित छ श्रीरामले शबरीको जुठो बयर खाएको प्रसंग ? « Khabarhub

किन चर्चित छ श्रीरामले शबरीको जुठो बयर खाएको प्रसंग ?


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रामायणको सबैभन्दा प्रसिद्ध कथाको चर्चा गर्ने हो भने भगवान रामले शबरीको जूठो बयर खाएको प्रसंग चर्चामा छ । तर के तपाईलाई थाहा छ, भगवान रामले किन शबरीको जुठो बयर खाएका थिए ?

हिन्दू पञ्चांग र पौराणिक मान्यता अनुसार फाल्गुन महिनाको कृष्ण पक्षको सप्तमी तिथिको दिन नै भगवान रामले आफ्नो अनन्य भक्त शबरीको आस्था र भक्तिलाई पूर्ण गर्न उनको जूठो बयर खाएका थिए । यसैले यस दिन शबरी जयन्ती समेत मनाउदै आइएको छ । शबरी जयन्तीका दिन रामायण पाठ गरी श्रीरामका साथै शबरीको पूजा–अर्चना गरिन्छ ।

भगवान राम प्रतिको आस्थाका कारण शबरीको जूठो बयर खाएको प्रसंग रामायण, भागवत, रामचरित मानस, सुरसागर आदि ग्रन्थमा उल्लेख छ । पौराणिक कथा अनुसार फाल्गुनको कृष्ण पक्षको सप्तमी तिथिमा नै शबरीलाई भगवान रामको आशीर्वाद प्राप्त भएको र मोक्षको प्राप्ति भएको थियो ।

धार्मिक कथा अनुसार शबरीको वास्तविक नाम श्रमणा थियो । उनी भील समुदायकी महिला थिइन् । भील समुदायका राजकुमारसंग उनको विवाह तय भएको थियो । जहाँ पशुबलिको परम्परा थियो । तर शबरी कुनै पनि प्रकारको हिंसा रुचाउदिनन् थिइन् । त्यसैले विवाहको एक दिन अघि शबरीले घर छाडिन् र दण्डकारण्य वनमा बस्न थालिन् ।

दण्डकारण्य वनमा मातंग ऋषि बस्दथे । शबरी उनै ऋषिको सेवा गर्न लागिन् । मातंग शबरीको सेवा भावबाट अत्यंत प्रसन्न भए । एक दिन जब ऋषि मातंगलाई आफ्नो मृत्युको नजिएको आभाष भयो तब उनले शबरीलाई यहि आश्रममा बसि भगवान श्रीरामको प्रतिक्षा गर्न अह्राए । उनले भगवान राम अवश्य पनि यस वनमा आउने आश्वासन दिए ।

त्यस पश्चात समयक्रमसंगै शबरी भगवान श्रीरामको प्रतिक्षामा रहन थालिन् । तर लामो समय बित्दा समेत श्रीराम आएनन् । तथापी उनले हरेक दिन श्रीराम आउने आशामा उनकालागी वनमा पाइने बयर संकलन गर्न थालिन् ।

उनले श्रीरामलाई मिठो बयर ख्वाउन हरेक बयर चाख्दै अमिला भए फ्याक्ने र गुलिया र मिठा बयर मात्र राख्दै गइन् । यो क्रम कैयौं वर्षसम्म चल्यो ।


एक दिन शबरीले जंगलमा कुनै दुई सुन्दर युवक उनलाई खोज्दै वनमा आएको थाहा पाएपछि उनको प्रसन्नताको सिमा रहेन ।

उनले सहजै अनुमान गरिन् वर्षाै देखि जुन श्रीरामको प्रतिक्षामा उनी थिइन्, उनै श्रीराम उनलाई खोज्दै आएका छन् । जब शबरी श्रीरामको नजिक पुगिन् भावविवह्ल हुदै उनले श्रीरामलाई आदारपुर्वक आफ्नो कुटीमा लगिन् ।

आफ्नो कुटीमा उनले आफुले चाख्दै टिपेका मिठा जुठो बयर खान दिइन् । जुठो बयर देखेर रामका भाइ लक्ष्मणले यसलाई खान घिन माने भने श्रीरामले बडो चाहव र श्रद्धापुर्वक आफ्नो भक्त शबरीको जुठो बयर स्वादपुर्वक खाए । जसले गर्दा श्रीरामको भक्तिमा वर्षाै बिताएकी शबरीको भक्ति पूर्ण भयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२