महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ « Khabarhub

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने भएको छ ।

आज बिहान ९ बजेपछि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ ।

यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ ।

फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४० बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्