नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने « Khabarhub

नेपाल पक्षीय एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीविरूद्ध रणनीति तय गर्ने


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

११ बजे डाकिएको बैठकमा काठमाडौँमा उपलब्ध नेपाल पक्षका केन्द्रीय सदस्यहरू भेला हुनेछन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल गर्नेछ ।

अध्यक्ष ओलीले पेल्न खोजेको निष्कर्ष निकाले नेपाल समूहले त्यसको सशक्त प्रतिवादका लागि समानन्तर कमिटी गठन गर्दै अघि बढ्ने जनाएको छ ।

शुक्रबार साँझ बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय अध्यक्ष ओलीलाई पार्टीको समानान्तर कमिटी बैठकमार्फत चुनौती दिने  निर्णय गरेको छ ।

माधव नेपाल पक्षलाई थाहै नदिइ एमालेको केन्द्रीय कमिटी बैठकले  शुक्रबार अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको थियो ।

बैठकले मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेको थियो । यस्तै पूर्वमाओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

बैठकले बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा,  माधव नेपाललाई हटाएर विदेश विभाग प्रमुखमा राजन भट्टराई, सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्ट, कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेल, प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएपछि नेपाल समूह रूष्ट छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ०७ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्