पर्दामा महिला बनेका यी अभिनेता « Khabarhub

पर्दामा महिला बनेका यी अभिनेता


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भनिन्छ, जुन समयमा भारतमा फिल्मको सुरुवात भएको थियो, त्यो समयमा फिल्ममा महिलाहरु काम गर्दैन थिए । जसकारण उनीहरुको चरित्र पुरुषले नै निभाउनुपथ्र्यो ।

तर कहिलेकाँही फिल्ममा यस्ता दृश्य र कथाको माग हुन्छ, जहाँ अभिनेता नै महिला चरित्रमा देखिनुपर्ने हुन्छ । अभिनेताका लागि यो चुनौतीपूर्ण हुन्छ किनकी उनीहरु नयाँ र फरक रुपमा प्रस्तुत हुनुपर्ने हुन्छ ।

बलिउडमा यस्ता केही अभिनेता छन्, जसले फिल्ममा महिलाको चरित्रमा अभिनय गरेर दर्शकको वाहवाही बटुलेका छन् । अमर उजालाले यस्तै अभिनेताहरुको बारेमा एक समाचार तयार पारेको छ ।

यो सूचीमा पहिलो नाम दिग्गज अभिनेता शम्मी कपूरको आउछ । सन् १९६३ मा रिलिज फिल्म ‘ब्लफ–मास्टर’मा शम्मी युवतीको भूमिकामा देखिएका थिए । उनको चरित्रलाई दर्शकले निकै मनपराएका थिए ।

अभिनेता गोविन्दा जुनसुकै भूमिकामा न्याय दिने कलाकार हुन् । उनले धेरै फिल्ममा आफूलाई महिला गेटअपमा ढालिसकेका छन् । फिल्म ‘राजा बाबू’, ‘आन्टी नम्बर वान’ जस्ता फिल्ममा उनले महिला चरित्र निभाएका थिए ।

बलिउडका मिस्टर परफेक्शिनिस्टका रुपमा परिचित अभिनेता आमिर खान फिल्म ‘बाजी’को गीत ‘डोले डोले दिल’मा युवतीको भूमिकामा प्रस्तुत भएका छन् । उनलाई टाटा स्काइ र कोका–कोलाको विज्ञापनमा महिला लुक्समा देख्न सकिन्छ ।

बलिउडका ‘दबंग खान’ अर्थात् सलमान खानले फिल्म ‘जान–ए–मन’को एक छोटो दृश्यमा आफूलाई महिला चरित्रमा प्रस्तुत गरेका छन् । सन् २००६ मा रिलिज यो फिल्ममा सलमानसँगै अक्षय कुमार र प्रीति जिन्टाको पनि अभिनय थियो ।

अभिनेता श्रेयस तलपडेले फिल्म ‘पेइङ गेस्ट’मा महिलाको भूमिका निभाएका छन् । उनको महिला रुप हेरेर दर्शकले हलमा ताली नै बजाएका थिए । ‘महिला हुन सक्नु पनि एक कला नै हो’, महिला चरित्र निभाएपछि उनले भनेका थिए ।

अभिनेता कमल हासनले फिल्म ‘चाची ४२०’मा एक महिलाको भूमिका निभाएका थिए । उनको यो चरित्रलाई विशेषत बालबालिकाहरुले अत्याधिक रुचाएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : ०० बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला