अपाङ्गता भएका व्यक्तिलाई रसुवामा वितरण गर्न थालियो परिचयपत्र « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई रसुवामा वितरण गर्न थालियो परिचयपत्र


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- परिचय पत्र अभावमा विभिन्न निकायबाट उपलब्ध हुने सेवा सुविधा पाउन कठिनाइ झेल्दै आएका अपाङ्गता भएका व्यक्तिको सहजताका लागि  रसुवामा परिचय पत्र वितरण गर्न थालिएको छ ।

रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ ।

पछिल्लो आकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा एक हजार छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ ।

यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि  पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिको अधिकार एवं क्षमता विस्तार गरी आत्म मनोबल उच्च पार्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम अगाडि बढिरहेको बताइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घको सहकार्यमा रसुवामा छरिएर रहेका अपाङ्गत भएका व्यक्तिको पहिचान र यकिन तथ्याङ्क लिने काम अगाडि बढिरहेको छ ।

अहिलेसम्म उत्तरगया गाउँपालिकामा ३०० एवं गोसाइँकुण्ड गाउँपालिकामा १३९ अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको पनि कार्यक्रम अधिकृत लामाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई सहज वातावरण बनाउने कार्यक्रम प्रदान गर्न सबै सङ्घसंस्थाले निरन्तर सहयोग गर्नेमा आफ्नो संस्था आशावादी रहेको अपाङ्ग पुनःस्थापना केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : २३ बजे

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल

जेन-जी प्रतिनिधिले गरे संविधान संशोधन छलफल बहिष्कार : सरकारलाई ६ बुँदे चेतावनी

काठमाडौं– जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले सरकारले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफलमा

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन