विवाह हुन नसकेपछि अलग्गिए जेनिफर र एलेक्स « Khabarhub

विवाह हुन नसकेपछि अलग्गिए जेनिफर र एलेक्स


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजले दुई वर्षसम्मको आफ्नो प्रेम सम्बन्धलाई टुंग्याएकी छन् । बेसबल खेलाडी एलेक्स रोड्रिग्वेजसँगको दुई वर्ष अफेयरलाई उनले अन्त्य गरेकी हुन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो जोडी सन् २०१७ देखि डेटिङमा थिए । एलेक्सले जेनिफरलाई सन् २०१९ मा विवाह गर्न प्रस्ताव गरेका थिए । तर कोभिड महामारीका कारण एलेक्सको योजना पुरा हुन सकेन ।

यो जोडीले दुई हप्ता अघि अलग्गिने निर्णय लिएका हुन् । विगत केही समय यता यो जोडीलाई सार्वजनिक कार्यक्रम नदेखिने गरेको सञ्चारमाध्यमले आफ्नो समाचारमा उल्लेख गरेका छन् ।

जेनिफरको नाम यसअघि क्रिस जड, मार्क एन्थोनी र बेन एफ्लेकसँग जोडिइसकेको छ । विवाहमा विश्वास राख्ने जेनिफरले एन्थोनीबाट दुई सन्तान म्याक्स र एमीलाई जन्म दिइसकेकी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १२ : ०५ बजे

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर

अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ

काबुल– गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको