आहा रारा गोल्डकपमा ८ टोली भिड्ने « Khabarhub

आहा रारा गोल्डकपमा ८ टोली भिड्ने


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करणमा ८ टोलीले सहभागिता जनाउने भएका छन् ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो । प्रतियोगितामा १ विदेशी टोलीसहित जम्मा ८ टोलीको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।

प्रतियोगितामा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब, उपविजेता नेपाल पुलिस, थ्री स्टार, संकटा, मछिन्द्र, नेपाल एपिएफ, अफ्रिकन रुट एसोसिएसन (क्यामरुन ) र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

यसपटक त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब जावलाखेल क्लब लगायतका क्लबहरू सहभागी नहुने भएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उप विजेताले ५ लाख १ हजार प्राप्त गर्ने आयोजक जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १ : १५ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस