कांग्रेस, जसपा र माओवादीको सरकार बन्ने निश्चित : गगन थापा « Khabarhub

कांग्रेस, जसपा र माओवादीको सरकार बन्ने निश्चित : गगन थापा


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताएका छन् ।

फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन शनिवार नवलपुर आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताएका हुन् ।

संयुक्त सरकारको प्रधानमन्त्री भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने उनले स्पष्ट गरे ।

कांग्रेस केन्द्रीय सदस्य थापाले नेपाली कांग्रेसका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन अर्को समूह लागि परेको भन्ने कुरा हल्ला मात्रै भएको बताए । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला मिलेर देउवालाई हटाउन खोजेको कुरा हल्ला मात्रै भएको उनले बताए ।

अहिले कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने नभई उनले देशलाई ओलीकरणबाट जोगाउने बेला भएको बताए ।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला गर्‍यो त्यति देशमा संकट गहिरिदै जाने उनको भनाइ थियो ।

ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप लगाए ।

आफ्नै पार्टीका नेता तह लगाउन ओलीले संवैधानिक अंगको चरम दुरुपयोग पनि थापाको आरोप थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार