कांग्रेस, जसपा र माओवादीको सरकार बन्ने निश्चित : गगन थापा « Khabarhub

कांग्रेस, जसपा र माओवादीको सरकार बन्ने निश्चित : गगन थापा


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताएका छन् ।

फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन शनिवार नवलपुर आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको नेतृत्व भने नेपाली कांग्रेसले गर्ने बताएका हुन् ।

संयुक्त सरकारको प्रधानमन्त्री भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने उनले स्पष्ट गरे ।

कांग्रेस केन्द्रीय सदस्य थापाले नेपाली कांग्रेसका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन अर्को समूह लागि परेको भन्ने कुरा हल्ला मात्रै भएको बताए । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला मिलेर देउवालाई हटाउन खोजेको कुरा हल्ला मात्रै भएको उनले बताए ।

अहिले कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने नभई उनले देशलाई ओलीकरणबाट जोगाउने बेला भएको बताए ।

प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला गर्‍यो त्यति देशमा संकट गहिरिदै जाने उनको भनाइ थियो ।

ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेको पनि थापाले आरोप लगाए ।

आफ्नै पार्टीका नेता तह लगाउन ओलीले संवैधानिक अंगको चरम दुरुपयोग पनि थापाको आरोप थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र