अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड « Khabarhub

अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न होइन : प्रचण्ड


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् ।

प्रकाश बिकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन गर्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् ।

सबैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको उनले जिकिर गरे ।

उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृत्तिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।

आफूलाई पटक–पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको बताउँदै प्रचण्डले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए ।

त्यस्तै, प्रचण्डले जनताको बिचार सही भए सही नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : १८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार