कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिए « Khabarhub

कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिए


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुष मृत फेला परेका छन् ।

धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएका अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।

आज बिहान स्थानीयले नालामा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : १५ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका