काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई « Khabarhub

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो ।

उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जीतका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।

एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गरे ।

यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाए । बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो ।

एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकरबिना कुनै रन पेभेलियन फर्किए ।

यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाए ।

बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार/चार विकेट लिए । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिए ।

प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ३१ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका