आजदेखि ‘दोहोरी च्याम्पियन’ शुरु, प्रथमले पाउनेछन् २० लाख « Khabarhub

आजदेखि ‘दोहोरी च्याम्पियन’ शुरु, प्रथमले पाउनेछन् २० लाख


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ ।

सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र संस्कृतिको संरक्षण एवं संवर्धनका लागि टेलिभिजनले शुरु गरेको कार्यक्रम महत्त्वपूर्ण अभियानका रुपमा रहेको बताए ।

उनले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिए ।

सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनाका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वाश व्यक्त गरे ।

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकको रुचिअनुसार नेपाल टेलिभिजनले अर्को मौलिक रियलिटी शोका रुपमा दोहोरी च्याम्पियन शुरु गरेको जानकारी दिए ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।

दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापन एडभरटाइजिङ सर्भिस प्रालिले गर्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल