आजदेखि ‘दोहोरी च्याम्पियन’ शुरु, प्रथमले पाउनेछन् २० लाख « Khabarhub

आजदेखि ‘दोहोरी च्याम्पियन’ शुरु, प्रथमले पाउनेछन् २० लाख


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिभिजनले आज साँझदेखि नेपाली लोक संस्कृतिसम्बन्धी रियालिटी मेगा–शो ‘दोहोरी च्याम्पियन’ प्रसारण गर्ने भएको छ ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले आजदेखि दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको नेपाल टेलिभिजनले विज्ञप्तिमार्फत जनाएको छ ।

सो मेगा–शो यसै हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुहुँदै नेपाली कला र संस्कृतिको संरक्षण एवं संवर्धनका लागि टेलिभिजनले शुरु गरेको कार्यक्रम महत्त्वपूर्ण अभियानका रुपमा रहेको बताए ।

उनले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाई समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिए ।

सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा–शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले कलाकारलाई अझ प्रतिस्पर्धी बनाउनाका साथै नयाँ कलाकारसमेत जन्माउने विश्वाश व्यक्त गरे ।

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकको रुचिअनुसार नेपाल टेलिभिजनले अर्को मौलिक रियलिटी शोका रुपमा दोहोरी च्याम्पियन शुरु गरेको जानकारी दिए ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।

कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् ।

दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापन एडभरटाइजिङ सर्भिस प्रालिले गर्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ४५ बजे

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो