राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु « Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– दिपायल सिलगढी नगरपालिकाले आफ्ना वडाभरिमा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरु गरेको छ ।

नगरप्रमुख मञ्जु मलासीले आज एक कार्यक्रमका बीच आफ्नो व्यक्तिगत विवरण दर्ता गरी शिविरको उद्घाटन गरिन् ।

उक्त शिविर दुई हप्ता अर्थात् आगामी चैत १३ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने विवरण दर्ता अपरेटर पुनम बमले जानकारी दिइन् ।

नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणकार्यलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

उक्त अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ०० बजे

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले