राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु « Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– दिपायल सिलगढी नगरपालिकाले आफ्ना वडाभरिमा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरु गरेको छ ।

नगरप्रमुख मञ्जु मलासीले आज एक कार्यक्रमका बीच आफ्नो व्यक्तिगत विवरण दर्ता गरी शिविरको उद्घाटन गरिन् ।

उक्त शिविर दुई हप्ता अर्थात् आगामी चैत १३ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने विवरण दर्ता अपरेटर पुनम बमले जानकारी दिइन् ।

नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणकार्यलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

उक्त अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ०० बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न