राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा « Khabarhub

राजनीतिक स्थायित्वका लागि निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्छ : अध्यक्ष थापा


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सङ्घीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शनिबार यहाँ आयोजित राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै सो पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै संकट आइपरेको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुका सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लीन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए ।

पार्टीका जिल्ला अध्यक्ष रामहरि न्यौपाने, जिल्ला महिला प्रजातान्त्रिक सङ्गठनका अध्यक्ष इन्दिरा न्यौपाने र राप्रपा हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपाले देशमा प्रजातान्त्रिक संस्कार र आर्दशलाई अवलम्बन गरेर पार्टीको संगठनलाई दरिलो बनाउन जनताको घरदैलोमा पुग्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ३० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र