आइपीएल क्रिकेटमा पञ्जावको विजयी शुरूवात « Khabarhub

आइपीएल क्रिकेटमा पञ्जावको विजयी शुरूवात


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइपीएल क्रिकेटमा पन्जाब किंग्सले विजयी शुरूवात गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले हराउँदै विजयी शुरूवात गरेको हो ।

जितको लागि २ सय २२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।

राजस्थानका कप्तान सञ्जु स्यामसनले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय १९ रनको उत्कृष्ट शतकीय कीर्तिमानी इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १३ रन आवश्यक परेको थियो । तीव्र गतिका बलर अर्शदीप सिंहले पहिलो बल स्यामसनलाई डट राखे । दोस्रो बलमा स्यामसनले एक रन बटुले । तेस्रो बलमा पनि अर्शदीपले एक रन दिए । चौथो बलमा स्यामसनले छक्का प्रहार गरे । तर पाँचौ बल डट राखेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा स्यामसनले ठूलो सट प्रहार गरेपनि दीपक हुडाबाट क्याच आउट भएपछि पन्जाब विजयी भएको थियो ।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडिथ र झेय रिचर्डसनको नाममा १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

पन्जाबका कप्तान लोकेश राहुलले ५० बलमा ७ चौका र ५ छक्का सहित ९१ रनको उत्कृष्ट इनिङ खेले । दीपक हुडाले २८ बलमा ४ चौका र ६ छक्का सहित ६४ रनको विष्फोटक इनिङ खेले ।

अब राजस्थानले आफ्नो दोस्रो खेल बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । पन्जाबले शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु