शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान « Khabarhub

शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पुर्‍याएवापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालय ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालका पाँच अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एशोसिएशन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताए ।

अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर अनुगमन–भ्रमण, निरीक्षण गर्न थप प्रोत्साहनस्वरुप उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको बताए ।

‘अभिभवाक सम्मानले विद्यालयमा गुणस्तरीय आधारभूत शिक्षा प्रवद्र्धन भएको पाएका छौँ, यसले शिक्षक नियमित विद्यालयमा उपस्थित हुनेलगायत अन्य क्रियाकलापमा ठूलो मद्दत गरेको छ’, लामाले भने । उनले संस्थाको गुणस्तरीय आधारभूत शिक्षा तथा बालअधिकार प्रवद्र्धन परियोजनाअन्तर्गत हालसम्म करीब २०० उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको बताए ।

‘वी वल्र्ड’ नामक गैरसरकारी संस्थाको सहयोगमा एशोसिएशनले सो परियोजना जिल्लाको चार स्थानीय तहमा सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको निरन्तर अनुगमन–भ्रमणले उल्लेख्य योगदान पुगेको बताए । वडाध्यक्ष सोमनाथ घिमिरेले बालबालिकाको शैक्षिक सुधारका विषयमा शिक्षक–अभिभावकको छलफल निकै महत्वपूर्ण हुने धारणा राखे ।

संस्थाले अभिभावक सम्मानसँगै चार स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार उत्कृष्ट करिब ३१३ विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान तथा स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक राजन पौडेलले बताए ।

संस्थाले हाल ६८ विद्यालयमा साबुनपानीले हात धुन खुट्टाले थिच्ने सुविधासहितको पानी ट्याङ्की, प्रत्येक विद्यालयलाई थर्मलगन तथा तीन हजार २५० विद्यार्थीलाई छ हजार ५०० धुन मिल्ने कटन मास्क तथा आवश्यक स्यानिटाइजर वितरण गरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ०४ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी