रोजेनले तोडिन् ‘गंगनम स्टाइल’को रेकर्ड « Khabarhub

रोजेनले तोडिन् ‘गंगनम स्टाइल’को रेकर्ड


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल–के–पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’की सदस्य रोजेन पाक उर्फ रोजे कोरियन–न्यूजिल्याण्ड गायिका हुन् । हालैमात्र रोजले आफ्नो सिंगल डेब्यूबाट दुई विश्व रेकर्ड कायम गरेकी छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार हालैमात्र रोजेन पाकले आफ्नो गीत ‘अन द ग्राउण्ड’बाट सिंगल डेब्यु गरेकी थिइन् । गीतलाई युट्युबमा निकै रुचाइयो र यसले दर्शक संख्या पनि उल्लेख्य पाएको छ ।

यो गीतले २४ घण्टामै ४१ दशमलब ६ मिलियन दर्शक पाएको छ । यो संख्यामा २४ घण्टामा सर्वाधिक दर्शक बटुल्ने उनी पहिलो गायिका पनि बनेकी छन् ।

उनी सोलो आर्टिस्टमा पहिलो गायिका हुन्, जसले आफ्नो नाम बिलबोर्ड ग्लोबल २०० मा दर्ता गराएकी छन् ।

रोजेनले पीएसवाईको आइकनिक ट्रयाक ‘गंगनाम स्टाइल’को रेकर्ड पनि तोडेकी छन् । यो गीतलाई चौबिस घण्टामा ३६ मिलियन भ्यूज मिलेको थियो ।

२४ वर्षकी रोजेनले सन् २०२० को जूनमा आफ्नो सोलो डेब्यूको घोषणा गरेकी थिइन् । यो सिंगल डेब्यू एलबम ‘आर’, मार्च २०२१ मा रिलिज भएको थियो ।

दक्षिण कोरियामा बस्ने रोजेन न्यूजिल्याण्डमा जन्मिइन् र अष्ट्रेलियामा हुर्किइन् । उनले सन् २०१२ मा वाइजी इन्टरटेनमेन्टका लागि अडिसन दिएकी थिइन् । यो दक्षिण कोरियन लेबलसँग चार वर्षको तालिम लिइन् । तालिम लिएपछि उनी सन् २०१६ मा रोजेन ‘ब्ल्याकपिंक’को हिस्सा बनिन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : १० बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे