मृत्युलाई जितेका यी बलिउड सेलिब्रेटी « Khabarhub

मृत्युलाई जितेका यी बलिउड सेलिब्रेटी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा यस्ता कैयौं सेलिब्रेटीहरु छन्, जो गम्भीर बिरामी भइसकेका छन् । यद्यपि आफ्नो दृढ हौसलाका कारण उनीहरुले मृत्युलाई जितेका छन् ।

अमर उजालाले यस्तै केही सेलिब्रेटीहरुको एउटा सूची तयार पारेको छ, जसले मृत्युलाई जितेर नयाँ जीवन बाँचिरहेका छन् ।

फिल्म ‘कुली’को छायांकनका दौरान दुर्घटना भएपछि अभिनेता अमिताभ बच्चनले औषधिको धेरै डोज लिएका थिए । यो दुर्घटनाको केही समयपछि उनलाई मायस्थेनिया ग्रेविस नामक रोग लागेको थियो ।

यतिमात्र होइन, एकपटक उनमा क्षयरोग जस्तो गम्भीर रोग पनि देखा पर्यो । अमिताभको ढाडमा समय समयमा दुखाई बढिरहेको थियो, तर उनले यसलाई गम्भीर रुपमा लिएनन् ।

जब उनले उपचार गराए, उनको मेरुदण्डको हड्डीमा क्षयरोग देखियो । सन् २००६ मा उनलाई हेपाटाइटिस बी नै भयो । तर उपचारपछि उनी ठिक भए ।

अभिनेता सलमान खान सन् २००१ बाट नै दुलर्भ रोग ट्राइजेमिनल न्यूराल्जियाबाट पीडित थिए । यद्यपि अहिले उनी यो रोगबाट मुक्त भइसकेका छन् ।

सलमान अहिले धेरै रिसाउन सक्दैनन् । किनकी उनी धेरै रिसाउदा उनको नशामा असर पर्छ । सलमानले एक अन्तरवार्तामा निकै समय बोल्दा आफूमा दुखाई बढ्ने बताएका थिए । यो दुखाई केही सेकेण्ड र मिनेटका लागि मात्र हुन्छ । उनले अमेरिकामा यसको उपचार गराएपछि अहिले उनको दुखाई कम भएको छ ।

अभिनेत्री सोनाली बेन्द्रेले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यान्सर रोगबाट पीडित रहेको जानकारी दिइन् । अमेरिकामा क्यान्सरको उपचार गराएकी उनले क्यान्सरसँग निकै संघर्ष गर्नुपर्यो । उनले हिम्मत हारिनन् र क्यान्सरलाई जितिन् ।

सन् २००७ मा दुखाई र बेचैनका कारण अभिनेता सैफ अली खानलाई अस्पताल जानुपर्यो । जहाँ डाक्टरले माइलड हार्ट अट्याकको पुष्टि गरे ।

डाक्टरहरुले सैफलाई मायोकार्डियल इन्फार्क्शनका कारण यो समस्या आएको बताएका थिए । उनीहरुले सैफको अधिक धुम्रपान सेवन गर्ने बानीले यो समस्या निम्तिएको बताएका थिए ।

सन् २००४ मा प्रख्यात निर्देशक अनुराग बसुलाई ब्लड क्यान्सर भयो । अनुरागलाई डाक्टरले केवल दुई महिनामात्र समय रहेको बताएका थिए । यो समयमा उनले आत्मबलले काम गरे र अस्पतालबाट फिल्म ‘तुम सा नहीं देखा’को निर्देशन गरे । उनी तीन वर्ष किमोथेरापी गरेर बलिउडमा फर्किए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी