सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरू | Khabarhub Khabarhub

सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरू


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेतो मच्छिन्द्रनाथको रथ निर्माण शुरु गरिएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर रथयात्रा गर्ने गरी रथ निर्माण थालिकएको हो ।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ । कोरोना नसर्ने गरी सतर्कता अपनाएर रथयात्रा गर्ने गरी विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छिन्द्रनाथका पूजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले छलफल कार्यक्रम आयोजना गर्न लागेको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठाशालाबाट रथयात्रा शुरू हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ ।

अष्टमीका दिन बिहान सेतो मच्छिन्द्रनाथको खट मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगेर राखिन्छ ।

राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गरिसकिएको समितिले जनाएको छ । यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा शुरु हुने समितिले जनाएको छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छिन्द्रनाथको क्षमा पूजासमेत गरिएको थियो ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाउन शुरु गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : २५ बजे

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं – नारायणी नदी जलाधार अन्तर्गतको त्रिशूली उपजलाधारमा पर्ने भोटेकोशी

बढीले रसुवा क्षेत्रका तीन फिडर अवरुद्ध

रसुवा– भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित