सेल्फ क्वारेन्टाइनमा शाहरुख खान « Khabarhub

सेल्फ क्वारेन्टाइनमा शाहरुख खान


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ । एकातर्फ फिल्महरुको रिलिज मिति सरिरहँदा सुटिङ भइरहेका फिल्महरुको काम पनि रोकिने क्रम बढेको छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार शाहरुख खानको निर्माणाधिन फिल्म ‘पठान’को सेटमा कोरोनाको प्रवेश भएको छ । जसकारण शाहरुख सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

फिल्म ‘पठान’को सेटमा एक सदस्यलाई कोरोना संक्रमण भएको छ । जसकारण यशराज ब्यानरको यो ठूलो बजेटको फिल्मको सुटिङ रोकिएको छ ।

शाहरुखले कोरोना टेस्ट गरेका छन् या छैनन् केही खुल्न सकेको छैन । यद्यपि यशराज ब्यानरले आफ्नो सुटिङ सेटमा कोरोना देखिएको बारे कोही बोलेको छैन ।

कोरोना भाइरसका कारण केही दिन अघि फिल्म ‘पठान’को सेट निर्माणको काम रोकिएको थियो । महाराष्ट्रमा अचानक कोरोनाको मामला केही समय यता ह्वात्तै बढेको छ । जसकारण फिल्म सिटीमा बनिरहेको ‘पठान’को एक सेटको निर्माण काम रोकिएको छ ।

यो फिल्मको सुटिङका लागि केही केही दिन अघि फिल्म युनिट दुबई पुगेको थियो । त्यहाँको छायांकनको काम सकेपछि उनीहरु मुम्बई फर्किएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : १५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी