बिस्केट जात्रा अन्तर्गत आज बोलाछे टोलमा लिङ्गो ठड्याइयो « Khabarhub

बिस्केट जात्रा अन्तर्गत आज बोलाछे टोलमा लिङ्गो ठड्याइयो


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङ्गो ठड्याइएको छ ।

मंगलबार शुभसाईतमा लिङगो ठड्याइएको हो । संस्कृतिविद्का अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा ठड्याउने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो ठड्याउने प्रचलन सुरू भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो ठड्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्को भनाइ छ ।

हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ । लिङ्गो ठड्याइसकेपछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात भैरवको खटलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ३२ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता