ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।

बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । सो ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

बरहथवा नगरपालिका-१५ पिपराभित्ता बस्ने ४५ वर्षीय मोटरसाइकल चालक भिखारी सहनी र पछाडि सवार रौतहट परोहा नगरपालिका-९ का ४० वर्षीय प्रकाश सहनी गम्भीर घाइते भएका थिए । उनीहरूलाई जिल्ला अस्पताल मलंगवा लगिएको थियो ।

दुबै जनालाई साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ५० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।