मेलम्चीको पानी वितरण गर्दा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन « Khabarhub

मेलम्चीको पानी वितरण गर्दा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्दा उत्पन्न समस्यालाई समाधान गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणिचन्द्र थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी कार्यदल गठन गरिएको हो ।

मेलम्ची आयोजनाको पानी वितरण गर्दा काठमाडौँ उपत्यकाको सडकमा परेको समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको प्रतिनिधि सम्मिलित ५ जनाको ‘विशेष कार्यदल’ गठन गरिएको भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव कल्पना वाइवाले जानकारी दिइन् ।

गत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण गर्न थालिएको थियो । तर पुरानो पाइपलाइनमा पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानमा पानीको पाइप फुटेर सडकमा क्षति पुगेको छ ।

ती समस्याहरुलाई तत्काल समाधान गर्न भौतिक मन्त्रालय अन्तर्गतका र खानेपानी मन्त्रालयअन्तर्गत ५ जनाको सयुंक्त कार्यदल बनाएको उनले बताइन् । कार्यदलले भोलिदेखि नै काम अगाडि बढाउने यातायात मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी वितरण लिमिटेड (केयुकेएल) ले हालसम्म २ सयभन्दा बढी स्थानको पाइप फुटेकाले सडक भत्काएर मर्मत गरेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टिमले समस्या समाधान गरिरहेको छ । पाइपलाइनमा समस्या आएकाले केही स्थानमा पानी वितरणको कामसमेत केही दिनको लागि रोकिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : १६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।