राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छ : प्रधानमन्त्री ओली


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम समापन समारोहमा उनले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुचित क्रियाकलापमा मुछ्ने, शान्ति सुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुनुपर्छ ।”

आतङ्कवादको कुनै सीमा नहुने हुनाले त्यसलाई हाम्रो मुलुकमा पस्न दिन नहुने बताउँदै उनले भने, “आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस् ।” कुनै राज्यलाई अप्ठेरोमा पार्नुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इष्र्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने धारणा राखे ।

उनले भने, “सुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन् ।” सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुन्दरता हो, एकता बल हो ।”

राष्ट्रिय सुरक्षाको विषय शान्ति, सुरक्षा, जनताको चाहना, सुशासन, समृद्धि, भ्रष्टाचार नियन्त्रणसँग जोडिने बताउँदै उनले ‘राष्ट्रिय हित र सुरक्षाको पाटो सेनाको एकल जिम्मेवारीबाट मात्र होइन, सरकार र नागरिक समाजको दायित्वभित्र पर्छ’ भने । विसं २०७७ मा मेलम्चीको पानी आएको, रानीपोखरी उद्घाटन भएको तथा अरु विकास निर्माण र पूर्वाधार निर्माणका हिसाबले राम्रै रहे पनि कोभिड–१९ को प्रभाव र केही नेताको राजनीतिक छटपटीले देशलाई आक्रान्त तुल्याएको प्रधानमन्त्रीले धारणा राखे । समारोहमा प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताए । उनले भने, “राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छ ।” राष्ट्रिय सुरक्षालाई सशक्त र बलियो बनाउन सरोकारवालाबीच समन्वय, सहकार्य र मतैक्यता हुनुपर्नेमा जोड दिँदै उनले भने, “राष्ट्रिय सुरक्षाको बहुआयामिक पक्षबारे जानकार हुनुपर्छ ।”

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सम्बन्धित पक्षबीच समन्वयात्मक कार्य गर्न सहज गर्ने उद्देश्यले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, त्रिवि, तीनै सुरक्षा निकायका, सञ्चारगृहबाट २५ शिक्षार्थीको सहभागिता थियो ।

तालीममा विदेश मामिलाविज्ञ, प्राध्यापक, पत्रकार, सीमाविद्, अवकाश प्राप्त उच्च सैनिक अधिकृत, राजनीतिशास्त्रीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ३१ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर