नवीकरण नगरे अनलाइन सञ्चारमाध्यमको सेवा रोक्ने व्यवस्था सर्वोच्चद्वारा बदर « Khabarhub

नवीकरण नगरे अनलाइन सञ्चारमाध्यमको सेवा रोक्ने व्यवस्था सर्वोच्चद्वारा बदर


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने प्रावधान बदर गरिदिएको छ ।

मंगलबार न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने भनी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा राखिएको व्यवस्था संविधानसँग बाझिएको भन्दै बदर गरिदिएको हो ।

उक्त निर्देशिकाको दफा ६(३) मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चार माध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने व्यवस्था थियो ।

अधिवक्ता तथा पत्रकार लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले उक्त व्यवस्था नेपालको संविधान २०७२ को धारा १९ को सञ्चारको हक विपरीत भएको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकामा रहेको अनलाइन नवीकरण नगरे सेवा रोक लगाउने व्यवस्था संविधानसँग बाझिएकाले बदर हुने ठहर गरेको हो । सर्वोच्चको आदेशपछि अब अनलाइन सञ्चार माध्यम नवीकरण गर्नुनपर्ने अधिवक्ता घिमिरेले बताए ।

यस्तो छ आदेश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ३१ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र