एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, जुटेर शक्ति संरक्षण गरौँ : पूर्वराजा शाह « Khabarhub

एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, जुटेर शक्ति संरक्षण गरौँ : पूर्वराजा शाह


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न सबै नेपालीलाई आग्रह गरेका छन्।

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले एकता नै सफलता भएकाे र यसले देशको कल्याण हुने बताएका हुन् ।

‘नेपाली हामी फुटेर हैन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनैपर्छ। सबैको एउटै उद्देश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ’, सन्देशमा भनिएको छ ।

उनले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने समेत बताएका छन्।

‘आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ। हाम्रा पिता पुर्खा तथा त्यागी विरांगानाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ,’ उनले भनेक छन्।

देशको उन्नति र अधोगति आफ्नै हात भएकाे भन्दै अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताएका छन् ।

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ०० बजे

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर