भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले लगाए कोभिडविरूद्धको पहिलो खोप « Khabarhub

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले लगाए कोभिडविरूद्धको पहिलो खोप


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी(नयाँ दिल्ली)- भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका छन् ।

संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनका अनुसार जनवरी १६ देखि चलाइएको खोप अभियानमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका छन् ।

उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाइँमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाइँमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : २५ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण