भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले लगाए कोभिडविरूद्धको पहिलो खोप « Khabarhub

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले लगाए कोभिडविरूद्धको पहिलो खोप


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी(नयाँ दिल्ली)- भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका छन् ।

संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनका अनुसार जनवरी १६ देखि चलाइएको खोप अभियानमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका छन् ।

उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाइँमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

उनले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाइँमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गरे ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : २५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका