इजरायल-प्यालेस्टाइन द्वन्द्वमा नेपालको चासो, संयमता अपनाउन अनुरोध | Khabarhub Khabarhub

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा नेपालको चासो, संयमता अपनाउन अनुरोध


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ ।

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो ।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि  मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ ।

गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नाश भएका सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १ : ०८ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।