‘सीता’ बन्न दीपिका र करिनाको रस्साकस्सी « Khabarhub

‘सीता’ बन्न दीपिका र करिनाको रस्साकस्सी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक नितेश तिवारी नयाँ फिल्म ‘रामायण’को तयारीमा छन् । यो फिल्मलाई बलिउडको प्रतिक्षित प्रोजेक्ट मानिएको छ ।

बलिउड लाइफका अनुसार फिल्मका निर्माता मधु मेन्टाना फिल्ममा राम्रो लगानी गर्ने सोचमा छन् । फिल्ममा ऋतिक रोशन ‘रावण’को चरित्रमा देखिँदैछन् भने साउथ सुपरस्टार महेश बाबु भगवान ‘राम’को भूमिकामा देखिँदैछन् ।

फिल्मका लागि अनुबन्धित फाइनल भइसकेका छैनन् । यसअघि अभिनेत्री दीपिका पादुकोणको नाम चर्चामा आए पनि अहिले निर्माताको नजर करिना कपूर खानतिर सोझिएको छ । यद्यपि करिना र दीपिका दुवैले ‘सीता’को चरित्र निभाउन आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

निर्माताहरु यी दुई अभिनेत्रीमध्ये कोही एकलाई ‘सीता’को भूमिकाका लागि अनुबन्धित गर्नेछन् । भारतमा हालका दिनमा रामायणमा आधारित कैयौं फिल्म बनिरहेका छन् । जसमा नितेशको फिल्म पनि एक हो ।

निर्माण पक्षले कोभिड महामारीको समाप्तिसँगै स्टारकास्टको घोषणा गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क