‘सीता’ बन्न दीपिका र करिनाको रस्साकस्सी « Khabarhub

‘सीता’ बन्न दीपिका र करिनाको रस्साकस्सी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक नितेश तिवारी नयाँ फिल्म ‘रामायण’को तयारीमा छन् । यो फिल्मलाई बलिउडको प्रतिक्षित प्रोजेक्ट मानिएको छ ।

बलिउड लाइफका अनुसार फिल्मका निर्माता मधु मेन्टाना फिल्ममा राम्रो लगानी गर्ने सोचमा छन् । फिल्ममा ऋतिक रोशन ‘रावण’को चरित्रमा देखिँदैछन् भने साउथ सुपरस्टार महेश बाबु भगवान ‘राम’को भूमिकामा देखिँदैछन् ।

फिल्मका लागि अनुबन्धित फाइनल भइसकेका छैनन् । यसअघि अभिनेत्री दीपिका पादुकोणको नाम चर्चामा आए पनि अहिले निर्माताको नजर करिना कपूर खानतिर सोझिएको छ । यद्यपि करिना र दीपिका दुवैले ‘सीता’को चरित्र निभाउन आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

निर्माताहरु यी दुई अभिनेत्रीमध्ये कोही एकलाई ‘सीता’को भूमिकाका लागि अनुबन्धित गर्नेछन् । भारतमा हालका दिनमा रामायणमा आधारित कैयौं फिल्म बनिरहेका छन् । जसमा नितेशको फिल्म पनि एक हो ।

निर्माण पक्षले कोभिड महामारीको समाप्तिसँगै स्टारकास्टको घोषणा गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : २० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा