नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग « Khabarhub

नेपाल बङ्गलादेश बैंकद्वारा ५ हजार भायल रेम्डेसिभिर सहयोग


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५००० भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ ।

उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा हस्तान्तरण गरिएको हो ।

साथै बङ्गलादेश सरकारले पनि थप ५००० भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाइसकेकोे जनाइएको छ ।

यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी र बङ्गलादेशको बेक्सिम्को फर्मास्यूटिकल कम्पनी संग मिलेर ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०० बजे

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण

कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने

काठमाडौं– नेपालमा वैदेशिक विनिमय सञ्चिति ३२ खर्ब नाघेको छ । 

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी– पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा राखिएका

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान