ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन : रामकुमारी झाक्री « Khabarhub

ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन : रामकुमारी झाक्री


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी क्राँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न नहुने धारणा राखेकी छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानीलकण्ठमा निर्णायक वार्ता भइरहँदा नेतृ झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने धारणा राखेकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ठोस प्रस्ताव बिनाको संवादको अर्थ नहरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ ।’

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको…

Posted by Ramkumari Jhakri on Thursday, May 13, 2021

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०१ बजे

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा