स्वाब सङ्कलन एक साता बन्द « Khabarhub

स्वाब सङ्कलन एक साता बन्द


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– त्रिशूली अस्पतालमा आरटी–पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन एक साता बन्द हुने भएको छ ।
अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित नमूना सङ्ख्या एकसाताको लागि पुग्ने भएकाले सङ्कलन रोकिएको हो ।

स्वास्थ्य कार्यालयले बिहीबार सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पीसीआर परीक्षणको लागि प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ ।

कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागि प्राप्त भएको छ । उनका अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ ।

अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसगैँ परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पीसीआर परीक्षण निः शुल्क रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ०५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको