उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव « Khabarhub

उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनताको जीवन रक्षामा जुट्न आग्रह गरे । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : २९ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका