कोभिडसँग जुध्न थप कदम चाल्न आवश्यक छ : एम्नेस्टी | Khabarhub Khabarhub

कोभिडसँग जुध्न थप कदम चाल्न आवश्यक छ : एम्नेस्टी


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गरी यस क्षेत्रमा कोभिड–१९ को तीब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने जनाएको छ ।

सो संस्थाले बिहीबार वक्तव्यमार्फत कोरोना सङ्क्रमण महामारीलाई भारत र नेपालको स्वास्थ्य प्रणाली धान्न नसक्ने विन्दुमा पुगेको भन्दै दक्षिण एसियाका अन्य देशहरूमा देखिएको तयारीपनको अभावप्रति पनि चासो व्यक्त गरेको हो । दक्षिण एसियामा विद्यमान अत्यन्तै न्यून खोपको दरले पनि यस क्षेत्रलाई अत्यन्तै जोखिमतामा पुर्‍याएको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेसनलले खोपमा समान पहुँच सुनिश्चित गर्नका लागि विश्वव्यापी रूपमा दबाबमूलक कार्यहरूको खाँचो रहेको समेत औंल्याएको छ ।

एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले आगामी दिन र हप्तामा दक्षिण एसिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयहरू कोभिड–१९ सङ्क्रमणमा भएको यो पछिल्लो वृद्धिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि महत्वपूर्ण हुने उल्लेख गरेकी छन् ।

विश्व जनसङ्ख्याको एक चौथाईको बसोवास भएको दक्षिण एसियामा कोभिड–१९ महामारीको नयाँ वैश्विक केन्द्रविन्दु बनिरहेको जनाउँदै सो संस्थाले भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ती व्यवस्था मिलाउन सङ्घर्ष गरिरहेको समेत उल्लेख गरेको छ ।

दक्षिण एसिया नयाँ लहरका जोखिममा

सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस क्षेत्रका दशौँ लाख मानिसहरूको जीवन भाइरसको नयाँ लहरबाट जोखिममा रहेको जनाएकी छन् ।

सङ्क्रमणलले यस क्षेत्रको पहिल्यैदेखि नाजुक अवस्थाको स्वास्थ्य सेवाको अवस्थालाई थप जटिल बनाइदिएको उल्लेख गर्दै निर्देशक मिश्रले यो बेला दक्षिण एसियाका सरकारहरूले पहिलेभन्दा पनि अझ गम्भीर रूपमा बिरामीको भारलाई व्यवस्थापन गर्न, अत्यावश्यक सेवाहरू सुचारू राख्न र महामारीको सामाजिक र आर्थिक प्रभावलाई घटाउनका लागि आकस्मिक वृद्धि क्षमताको विकासका लागि संयन्त्र निर्माण गर्नुपर्ने बताएकी छन् ।

सो संस्थाले सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरेर राज्यहरूले उच्च जोखिममा रहेका दैनिक ज्यालादारीमा आश्रितहरू, बन्दीहरू, शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापितलगायतका सीमान्तकृत र कमजोर समूहहरूको मानवअधिकारको संरक्षणमा ध्यान दिन समेत औंल्याएको छ ।

खोपमा समान पहुँचका लागि सहयोग

जनवरी अन्तिमदेखि बङ्गलादेश, नेपाल र श्रीलङ्कालगायत देशहरूले भारत र अन्य देशहरूबाट अनुदान स्वरूप र व्यापारिक सम्झौताको माध्यमबाट खोपहरू प्राप्त गर्न थालेको भएपनि चालु सङ्कटका बीचमा भारतले घरेलु आवश्यकतालाई प्राथमिकता दिनका लागि गत २४ मार्चमा खोपको निर्यातलाई अस्थायी रूपमा रोकेको छ । यसले दक्षिण एसिया क्षेत्रमा खोपको आपूर्तिमा गम्भीर कमी हुन पुगेको एम्नेस्टी इन्टरनेसनलको ठम्याई छ ।

महामारीले दक्षिण एसिया क्षेत्रलाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गरेर र खोपको उत्पादन र आपूर्तिमा अवरोध पार्ने कानूनी अनिश्चितता र व्यवधानहरूलाई हटाएर ऐक्यबद्धता प्रदर्शन गर्न र आफ्नो मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : १५ बजे

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे

धान पसाउने बेलामा बोट सुकेपछि किसान चिन्तित

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको

‘अग्नीदहन’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’को टिजर

दक्षिणसँगका सबै सीमा बन्द गरेको उत्तर कोरियाको घोषणा

सियोल– उत्तर कोरियाले दक्षिण कोरियासँगका सीमा पूर्ण रुपमा बन्दको घोषणा

‘लेकाली’को ५७ वर्ष : आफ्नै डम्फू, आफ्नै ताल

नेपाली संगीतमा मास्टर मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाशका पुस्तापछि धर्मराज