काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

राजधानीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

उनले भने, ‘आज हामी राजधानीका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खुकुलो गर्ने तयारी रहेको बताए ।

उनका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ। त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तोकेर खोल्न दिने तयारी भएको छ ।

यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी निषेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (जेठ ३१ गते)राति १२ बजे सकिँदैछ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : ५७ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६