काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी « Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै फेरि १५ दिन थप्ने तयारी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दरमा कमि आएपनि जोखिम कामयै रहेको भन्दै निषेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका विषयमा छलफल गर्न आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ ।

राजधानीमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म निषेधाज्ञा थप गर्ने अनौपचारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

उनले भने, ‘आज हामी राजधानीका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषेधाज्ञा थपिए पनि अहिलेको भन्दा केही खुकुलो गर्ने तयारी रहेको बताए ।

उनका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ। त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तोकेर खोल्न दिने तयारी भएको छ ।

यसबाहेक पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोरबिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी निषेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (जेठ ३१ गते)राति १२ बजे सकिँदैछ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : ५७ बजे

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य