२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा ६, ओखलढुंगा १, झापामा ६५, धनकुटामा १, पाँचथर २, भोजपुरमा १, मोरङमा ६१, संखुवासभामा २, सोलुखुम्बु १ र सुनसरी २४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २३, पर्सामा २,  बारामा १, महोत्तरीमा ७, रौतहटमा १३, सप्तरीमा २५, सर्लाहीमा २५ र सिरहामा ४१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४८३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३, चितवनमा १, दोलखामा १, धादिङमा ४३, नुवाकोटमा ९१, भक्तपुरमा ५८, मकवानपुरमा ३, रसुवा २, रामेछापमा ४, ललितपुरमा ११२, सिन्धुपाल्चोकमा ५७ र सिन्धुली २२ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५८, गोरखामा ३९, तनहुँमा ३०, नवलपरासी पूर्वमा १, पर्वत १, म्याग्दी १२,  लमजुङमा ५१, बागलुङमा २ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ६, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा ८, पाल्पामा २, प्यूठानमा १, बर्दियाका ११, बाँकेमा २१, रुकुम पूर्व २, रुपन्देहीमा ४७ र रोल्पामा १ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्ला ३, दैलेखमा १८, रुकुम पश्चिममा २ र सल्यानमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १९, कञ्चनपुरमा १०, कैलालीमा ८, डोटी ४, बझाङमा १, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : १३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच