नरोत्तम बैद्यविरुद्ध युवा संघले दियो फौजदारी कसुरमा जाहेरी | Khabarhub Khabarhub

नरोत्तम बैद्यविरुद्ध युवा संघले दियो फौजदारी कसुरमा जाहेरी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बाग्मती प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै युवा संघ नेपालका तर्फबाट सांसद बैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको र दर्ता समेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी जयश्वेर रिमालले जानकारी दिए ।

उनले मुद्दाका बारेमा सरकारी वकिलको कार्यालयसँग परामर्श गरेर अन्य कारबाही प्रक्रिया अघि बढाउने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेको भातृ संगठन युवा संघ नेपालले जाहेरी दिएको हो ।

सांसद बैद्यले आफ्नो अभिव्यक्ति आवेगमा भएको भन्दै प्रदेशसभा बैठकमै आत्मालोचना गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : ४२ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति