प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित « Khabarhub

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोशी नदीमा रहेको खुवालुङको संरक्षण गरिने दोहोर्‍याए । मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नु पर्ने बताए ।

आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । उनले जनताको सुरक्षाका लागि कोरोना विरुद्धको खोप आफैंले किनेर ल्याउने विषय कति सम्भव छ ? भन्दै त्यसका लागि प्रयत्न गर्ने र सम्भव भए अरु धेरै कार्यक्रम रोकेर भएपनि खोप ल्याएर जनताको जीवन रक्षाका लागि पहल गर्ने बताए ।

उनले मेची अस्पताल, धनकुटा अस्पताल लगायतमा अक्सिजन प्लान्टहरु स्थापना गर्ने गरी पूर्वाधारमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताए ।

मुख्यमन्त्री राईले कोशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रदेशस्तरीय प्रसुति तथा महिला रोग उपचार केन्द्रको रुपमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक असार १ गते बोलाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : १५ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज