प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित | Khabarhub Khabarhub

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार एमालेको एकल बहुमत रहेको प्रदेशसभामा विपक्षी दल जनता समाजवादी पार्टीसमेतको समर्थनमा सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले किराँतहरुको आस्थाको रुपमा रहेको सप्तकोशी नदीमा रहेको खुवालुङको संरक्षण गरिने दोहोर्‍याए । मुख्यमन्त्री राईले धेरै राम्रा र महत्वपूर्ण काम भएको तर देख्न सक्नु पर्ने बताए ।

आगामी वर्षको बजेटमा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने मुख्यमन्त्री राईले बताए । उनले जनताको सुरक्षाका लागि कोरोना विरुद्धको खोप आफैंले किनेर ल्याउने विषय कति सम्भव छ ? भन्दै त्यसका लागि प्रयत्न गर्ने र सम्भव भए अरु धेरै कार्यक्रम रोकेर भएपनि खोप ल्याएर जनताको जीवन रक्षाका लागि पहल गर्ने बताए ।

उनले मेची अस्पताल, धनकुटा अस्पताल लगायतमा अक्सिजन प्लान्टहरु स्थापना गर्ने गरी पूर्वाधारमा सरकारले बजेटको व्यवस्था गर्ने पनि बताए ।

मुख्यमन्त्री राईले कोशी कोभिड अस्पताललाई कोभिड सकिएपछि प्रदेशस्तरीय प्रसुति तथा महिला रोग उपचार केन्द्रको रुपमा रुपान्तरण गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक असार १ गते बोलाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : १५ बजे

नेप्सेमा अब अन्तिम १५ मिनेटको औसत गणना विधि स्थगन

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अब अन्तिम १५ मिनेटको

गगनप्रति कांग्रेस प्रवक्ताको आक्रोश : अभिभावकमाथि आक्रमण हुँदा उपचार पनि पर्खन नसक्ने ?

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी महामन्त्री

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते

जङ्गली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

कञ्चनपुर– रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा

खोइ, गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्

रामेछाप – रामेछापको अधिकांश गाउँमा मानिस बस्न छाडेपछि यहाँका बस्ती